तीन वर्षसम्म कोरोना भाइरस महामारी झेलेका नेपालीले यो वर्ष दिल खोलेर होली मनाए

काठमाडौं, ३ चैत्र – तीन वर्षसम्म कोरोना भाइरस महामारी झेलेका नेपालीले यो वर्ष दिल खोलेर होली मनाएका छन्। कोरोनाको नयाँ भेरिएन्ट नआइसकेको अवस्थामा राजधानी उपत्यकासहित पहाडी जिल्लामा होली उल्लासपूर्ण मनाइएको हो।

काठमाडौंका वसन्तपुर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार क्षेत्रसहितमा ठूलो संख्यामा जम्मा भएर होली मनाएका छन्। बिहीबार काठमाडौंको वसन्तपुर र पाटन दरबार क्षेत्रमा होलीको भव्य उल्लास देख्न सकिन्थ्यो।

Facebook Comments Box