धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा सिफारिस

काठमाडौं, १ चैत्र – नेपाल प्रहरीमा तीन जना एआईजी सिफारिस भएका छन्। मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो। गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।

गृह स्रोतका अनुसार प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीबीच सहमती भएपछि एआईजी बढुवा सिफारिस भएको हो। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच घनश्याम अर्याललाई एआईजी बनाउने सहमती भएपनि अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि जनाएपछि पूर्व सहमती अनुसार उनको तर्फबाट धानुकलाई बढुवा सिफारिस गरिएको हो।

Facebook Comments Box