काठमाडौँ उपत्यकामा २३ जना सहित देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जना सहित देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार ६३८ आरटी पीसीआर तथा २ हजार ७५६ एन्टीजेन परिक्षण सहित ६ हजार ३९४ जनाको परिक्षण गर्दा थप १९४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८ सय १७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४९ रहेको छ ।

Facebook Comments Box