सप्तरीको राजविराज नगरपालिका मातहतका सबै कार्यलयमा आज सार्वजनिक विदा

सप्तरी, २३ फागुन – सप्तरीको राजविराज नगरपालिकाले आज आफ्नो मातहतका सबै कार्यलयमा सार्वजनिक विदा दिएको छ । २०७३ साल फागुन २३ गते सो नगरपालिका ९ मलेठस्थित औधोगिक क्षेत्रमा सहिद भएका ५ जनाको सम्झनामा नगरपालिकाले विदा दिएको हो ।

आइतबार शोक स्मरण विज्ञप्ति जारी गर्दै नगरपालिकाले नगरपालिका मातहतका कार्यलयहरुमा विदा दिने निर्णय गरिएको जनाएको छ । २०७३ फागुन २३ गते औधोगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियान कार्यक्रम राखिएपछि मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो । सोही विरोध प्रदर्शन झडपमा हुँदा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।

Facebook Comments Box