आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, २१ फागुन -आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो।

आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो।

प्रतिनिधि सभाको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। जसले आज बस्ने संसद् बैठकको सम्भावित कार्यसूची परिवर्तन÷परिमार्जन पनि गर्न सक्छ।

Facebook Comments Box