नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज हुँदै

काठमाडौँ, २० फागुन – संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा संलग्न भएपछि पार्टीभित्र तीव्र मतभेद भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज सुरु हुँदे छ।

एमसीसी अनुमोदन गर्नै नहुने अडान लिइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुँदै पार्टी नै छाड्न लागेको भन्ने चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु हुन लागेको हो।

सुरुमा एमसीसी अनुमोदनको विपक्षमा उभिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा ‘यु टर्न’ हुँदै एमसीसीका पक्षमा निर्णय गरेपछि नेता श्रेष्ठसहितको ठूलो पंक्ति असन्तुष्ट भएको छ। असन्तुष्ट श्रेष्ठ पक्षले आज सुरु हुने केन्द्रीय समिति बैठकमा फरक दस्तावेज पेस गर्ने तयारी गरेको छ।

Facebook Comments Box