काठमाडौँ उपत्यकामा २५ जना सहित देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५ जना सहित देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८, भक्तपर २ र ललितपुरमा ५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार ४४८ आरटी पीसीआर तथा २ हजार ४७६ एन्टीजेन परिक्षण सहित ४ हजार ९२४ जनाको परिक्षण गर्दा थप १०५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७४१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय २० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५७ हजार ८ सय ८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४४ रहेको छ ।

Facebook Comments Box