आज देशकाे पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाकाे सम्भावना
काठमाडौँ, १९ फागुन – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा आंशिक बदली तथा अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा मौसम सामान्यता सफा रहने अनुमान महाशाखाले गरेको छ। यस क्रममा सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा मौसम सामान्यता सफा रहनेछ।यस क्रममा पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

