भारतीय नक्कली नोटसहित ३ जना पक्राउ

काठमाडौँ, १३ फागुन – मोरङ विराटनगरमा भारतीय नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ बाट उनीलाई चार हजार ८ सय भारतीय नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत पूर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन् । विराटनगर–१३ नहर चोकस्थितमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले आज बिहान साढे १० बजे उनीहरुलाई पक्राउ गरेको हो ।

टेम्पोमा सवार रहेका उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box