काठमाडौँ उपत्यकामा १२६ जना सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६ जना सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१, भक्तपुरमा १५ र ललितपुरमा १० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६०४ आरटी पीसीआर तथा २ हजार ८२० एन्टीजेन परिक्षण सहित ९ हजार ४२४ जनाको परिक्षण गर्दा थप ४७६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८३१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९२८ रहेको छ ।

Facebook Comments Box