काठमाडौँ उपत्यकामा १९९ जना सहित देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९९ जना सहित देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२, भक्तपुरमा १२ र ललितपुरमा २५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ७८२ आरटी पीसीआर तथा २ हजार ९७४ एन्टीजेन परिक्षण सहित ९ हजार ७५६ जनाको परिक्षण गर्दा थप ६३९ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १२ हजार ५३७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६०० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९० रहेको छ ।

