काठमाडौँ उपत्यकामा ४३७ जना सहित देशभर थप १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३७ जना सहित देशभर थप १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८७४ आरटी पीसीआर तथा ३ हजार ४९१ एन्टीजेन परिक्षण सहित ११ हजार ३६५ जनाको परिक्षण गर्दा थप १ हजार ५७० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २ हजार २५९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १४६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ८२७ रहेको छ ।

Facebook Comments Box