त्रिविकाे स्थगित उपप्राध्यापक पदको परीक्षा आगामी फागुन २२ गतेदेखि सञ्चालन गर्ने

काठमाडौं, २३ माघ – त्रिवि सेवा आयोगले स्थगित उपप्राध्यापक पदको परीक्षा आगामी फागुन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते र २०७८ साल असार १५ गते उपप्राध्यापक पदका लागि विज्ञापन खुला गरेको थियो । विशेष कारणवश २०७८ साउन १८ गते स्थगित लिखित परीक्षा आउँदो फागुन २२ गतेदेखि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

Facebook Comments Box