काठमाडौँ उपत्यकामा १ हजार २०९ जना सहित देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १९ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २०९ जना सहित देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ४९९ आरटी पीसीआर तथा ५ हजार ८३ एन्टीजेन परिक्षण सहित ११ हजार ५८२ जनाको परिक्षण गर्दा थप ३ हजार ६३७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ९१ हजार ८८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६९ हजार २८७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७६४ रहेको छ ।

