काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना सहित देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना सहित देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ३६८ आरटी पीसीआर तथा ५ हजार ७२० एन्टीजेन परिक्षण सहित १६ हजार ८८ जनाको परिक्षण गर्दा थप ५ हजार २९२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ८२ हजार ६६८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार १९१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७४३ रहेको छ ।

