आज पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, १६ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुसु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।
त्यस्तै, आज राति प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने, देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Facebook Comments Box

