काठमाडौँ उपत्यकामा २ हजार ९०० जना सहित देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १२ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ९०० जना सहित देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ५४९ आरटी पीसीआर तथा ६ हजार ८१० एन्टीजेन परिक्षण सहित २० हजार ३५९ जनाको परिक्षण गर्दा थप ८ हजार ४५४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ५४ हजार ८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ४३३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६७२ रहेको छ ।

