काठमाडौँ उपत्यकामा ६ हजार ९८१ जना सहित देशभर १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार ९८१ जना सहित देशभर थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २१ हजार ७ आरटी पीसीआर तथा ६ हजार ४९० एन्टीजेन परिक्षण सहित २७ हजार ४९७ जनाको परिक्षण गर्दा थप १२ हजार ३३८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७ हजार ३३८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६४९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६३२ रहेको छ ।

Facebook Comments Box