काठमाडौँ उपत्यकामा २ हजार ७ जना सहित देशभर थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २९ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ७ जना सहित देशभर थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ४७४ आरटी पीसीआर तथा ७ हजार ८७ एन्टीजेन परिक्षण सहित २० हजार ५६० जनाको परिक्षण गर्दा थप ५ हजार ८७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ४५ हजार ६०९रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६१३ रहेको छ ।

