जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
नेपालगञ्ज, २७ पुस – नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए ।
अहिले उनीहरुलाई आइसोलेसनमा पठाएर अन्य कर्मचारीमार्फत परीक्षण भइरहेको वलीले बताए । भारतमा संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाकामा भारतबाट फर्केनेहरुको भिड छ ।
दैनिक एक हजार भन्दा बढी मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् । मंगलबारमात्रै नाकामा भारतबाट फर्केका ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताए ।
Facebook Comments Box

