काठमाडाैँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भाेली देखी फाइजर खोप दिइने

काठमाडौं, २६ पुस – काठमाडाैँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका साे उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । कार्यालयले उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

Facebook Comments Box