काठमाडौँ उपत्यकामा ७ सय १५ जना सहित देशभर थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २५ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय १५ जना सहित देशभर थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८४८ आरटी पीसीआर तथा ३ हजार ७८४ एन्टीजेन परिक्षण सहित १२ हजार ६३२ जनाको परिक्षण गर्दा थप १ हजार १६७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १४ हजार २३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०४ रहेको छ ।

