आज राति देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना
काठमाडौँ, २२ पुस – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर मौसम सामान्य बदली रहनेछ। महाशाखाको अनुसार देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टामा ‘देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।
यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Facebook Comments Box

