सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज सातौं चरणको अन्तिम खेल हुँदै
काठमाडौं, १९ पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार सातौं चरणको अन्तिम खेल हुँदै छ। सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्न लागेका हुन्। उनीहरुबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ।
यसअघिका ६ खेलमा सातदोबाटोले २ मा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ भने समान खेलबाट समान जित र बराबरीसहित हिमालयन शेर्पाको पनि ८ अंक छ।
Facebook Comments Box

