सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

काठमाडौँ, १७ पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार सातौं चरणका तीन खेल हुँदै छन्। शनिबार दिउँसो १ बजे थ्रीस्टार र जावलाखेल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टारले अहिलेसम्म खेलेको ६ खेलबाट १ मा जित र ४ बराबरीसहित ७ अंक हात पारेको छ भने जावलाखेलले २ जित र १ बराबरीसहित ७ अंक नै हात पारेको छ।

दिउँसो २ बजे पोखरा रंगशालामा मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ। मनाङले अहिलेसम्म खेलेको ६ खेलमध्ये ४ खेलमा जित र १ मा बराबरीसहित १३ अंक जोडेको छ।

ब्रिगेड ब्वाइजले भने १ खेलमा जित र २ खेलमा बराबरीसहित ५ अंक हात पारेको छ। पौने पाँच बजे दशरथ रंगशालामा संकटा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

संकटाले यसअघिको ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरीसहित १२ अंक हात पारेको छ भने च्यासलले १ मा जित र १ मा बराबरीसहित ४ अंक हात पारेको छ।

Facebook Comments Box