प्रदेश १ मा यस वर्ष धान उत्पादन घट्यो
प्रदेश १, १४ पुस – प्रदेश १ मा यस वर्ष धान उत्पादन घटेको छ। बेमौसमी वर्षाका कारण प्रदेश १ मा गत वर्षभन्दा ३ प्रतिशतले धान उत्पादन घटेको कृषि विकास निर्देशनालय, प्रदेश १ ले जनाएको छ।
गएको कात्तिकमा आएको वर्षा र बाढीले खेतमा धानको बोट र काटेर सुकाएको धान डुबाउन धान उत्पादनमा कमी आएको हो। यस वर्ष प्रदेश १ मा १२ लाख ७३ हजार ३ सय ५६ मेट्रिक टन धान उत्पादन भएको छ। ३ लाख ३६ हजार १ सय हेक्टरमा धान खेती गर्दा त्यति उत्पादन भएको हो।
गत वर्ष प्रदेश १ मा १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
बेमौसमी वर्षासँगै आएको बाढीले १५ प्रतिशत धानबालीमा क्षति पु¥याएको जानकारी दिए। निर्देशनालयका कृषिविज्ञ नेत्रमणि काफ्लेले जानकारी दिए।प्रदेश १ मा सबैभन्दा बढी झापामा ४ लाख १४ हजार ७ सय मेट्रिकटन धान उत्पादन भएको छ।

