नेपालमा ५० लाख थान सिरिन्ज आइपुग्याे

काठमाडौं, ९ पुस – शुक्रबार नेपालमा ५० लाख सिरिन्ज आइपुगेको छ । उक्त सिरिन्ज कलकत्ताबाट पथलैयामा आइपुग्एकोे स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाख प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

डा चौरसियाका अुसार उक्त सिरिन्ज युनिसेफको सहयोगमा आएको हो । भोलिनै रिसिन्ज सबै प्रदेशमा पठाउने डा चौरसियाले जानकारी गराउनु भयो ।

सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । खोप भण्डारणको अनुपातमा सिरिन्ज कम भएपनि तत्काल सिरिन्जको अभावका कारण खोप कार्यक्रम प्रभावित नहुने डा चौरसिले बताउँदै आउनु भएको छ।

Facebook Comments Box