सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं, २७ मंसिर – सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा दिउँसो १ बजेदेखि संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटाले यसअघिका ३ खेलमा १ जित र २ बराबरीको नतिजासहित ५ अंक हात पारेको छ।
नेपाल पुलिस क्लबले पनि यसअघिका ३ खेलमध्ये १ जित र दुई बराबरीसहित ५ अंक हात पारेको छ। दोस्रो खेलमा जावलाखेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेलले यसअघिको ३ खेलमा सबैमा हारको सामना अंकविहीन अवस्थामा छ। ब्रिगेड ब्वाइजले ३ खेलमध्ये १ जित, १ बराबरी र एक हारको सामना गर्दै ४ अंक हात पारेको छ। आजदेखि चौथो चरणको खेल सकिनेछन्।
Facebook Comments Box

