नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक विहान साढे ११ बजे बस्ने
काठमाडौँ, २३ मङ्सिर – नेपाली कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।
नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेस महाधिवेशन मंसि २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
Facebook Comments Box

