काठमाडौँ उपत्यकामा १ सय २२ जना सहित देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २१ मंसिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २२ जना सहित देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ३८६ आरटी पीसीआर तथा २ हजार ४२४ एन्टीजेन परिक्षण सहित ११ हजार ८१० जनाको परिक्षण गर्दा ३१७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३०४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४५ रहेको छ ।

