वर्तमान गठबन्धन सरकार दिनदिनै गैरजिम्मेवार बन्दै गयो : नेकपा एमाले

भरतपुर, १४ मङ्सिर – नेकपा एमालेले सौराहामा मंगलबार सम्पन्न हुन लागेको दसौँ महाधिवेशनबाट १७ बुँदे प्रस्ताव पारित गरेको छ।
महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीले १७ बुँदे उक्त प्रस्ताव वाचन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार दिनदिनै गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन्।

‘वर्तमान राष्ट्रिय हित र जनताप्रति गैरजिम्मेवार बन्दै गएको छ। दिनदिनै राष्ट्रिय हितमा प्रहार हुँदा पनि मौन बसेको छ’, एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले भने, ‘राज्यका तीनै अंगमा गम्भीर समस्या देखा परेको छ। महँगी बढेको छ। तर सरकार यी कुरामा गम्भीरता नदेखाइ गैरजिम्मेवार बनिरहेको छ।’

एमालेले आफूले सत्ता गुमाएपछि प्रदेशमा पनि गठबन्धनका नाममा मन्त्रालय फुटाएर मनपरी गरिएको जनाएको छ। ‘सबैलाई भाग पुर्‍याउने नाममा मन्त्रालय फुटाउने र सरकारी सम्पत्ति दुरुपयोग गर्ने काम भएको छ’, प्रस्तावमा भनिएको छ, ‘एमालेले अघि बढाएका विकास योजना पनि रद्द गरिएको छ। यसमा एमालेको गम्भीर आपत्ति छ।’

Facebook Comments Box