नेपाल बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दै
काठमाडौँ, ८ मङ्सिर – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दै छन्।
त्यसका लागि उसले सबै उच्च अदालतमा आफ्ना केन्द्रीय प्रतिनिधि खटाएको छ। प्रधानन्यायाधीश जबराले वर्तमान मन्त्रिमण्डलमा आफ्नो पनि ‘भाग’ खोजेको रहस्य सार्वजनिक भएयता उनी विवादमा परेका हुन्।
यसबाहेक न्यायालयमा बेथिति बढाउने अन्य गलत गतिविधि गरेको आरोप पनि उनलाई लागेका छन्। सर्वाेच्च अदालतबाट उनी नहटेसम्म न्यायालय नसुध्रिने भन्दै नेपाल बार एसोसिएसन झन्डै एक महिनादेखि आन्दोलनरत छ। यही क्रममा बारले बुधबार देशभरका उच्च अदालतमा विराेधसभा गर्ने भएकाे हाे।
Facebook Comments Box

