काठमाडौँ उपत्यकामा १ सय २० जना सहित देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २० जना सहित देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८६३ आरटी पीसीआर तथा ३ हजार २८८ एन्टीजेन परिक्षण सहित ११ हजार १५१ जनाको परिक्षण गर्दा २९९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप २६० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४८९ रहेको छ ।

Facebook Comments Box