विद्यार्थी संगठन र आयल निगम बीचको वार्ता असफल ,इन्धनको मूल्य घटाउन नसकिने : आयल निगम

काठमाडौँ, २९ कात्तिक – इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थी संगठन र सरकार (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम)बीचको वार्ता असफल भएको छ ।

आयल निगमले अहिलेकै अवस्थामा (घाटामाथि घाटा बेहोर्ने गरी) इन्धनको मूल्य घटाउन नसकिने बताएपछि सोमबारको वार्ता असफल भएको हो ।

इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र आयल निगम तथा मन्त्रालयका अधिकारीहरुबीच सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको थियो । वार्तामा विद्यार्थी संगठनहरुले पछिल्लो समय गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने अडान राखेका थिए ।

निगमले भने पछिल्लो समय गरिएको मूल्यवृद्धि पछि पनि निगमलाई मासिक ५ अर्ब २० करोड रुपैयाँ घाटा हुने अवस्था रहेकाले मूल्य घटाउन नसिकने बताएको थियो ।

वार्तामा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले घाटा मिलानको लागि आफूले प्रधानमन्त्री र मुख्य सचिवसँग कुरा गर्ने र सकारात्मक जवाफ आए मूल्य घटाउन सकिने बताएका थिए ।

Facebook Comments Box