काठमाडौँ उपत्यकामा १६९ जना सहित देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६९ जना सहित देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १४ हजार ९१८ आरटी पीसीआर तथा १ हजार ८१८ एन्टीजेन परिक्षण सहित १६ हजार ७३६ जनाको परिक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १५ हजार ३७२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४८४ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४५४ रहेको छ ।

Facebook Comments Box