डब्ल्यूएचओले युरोप फेरि एकपटक कोरोना महामारीको केन्द्र बन्न सक्ने चेतावनी

काठमाडौं, १९ कात्तिक – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप फेरि एकपटक कोरोना महामारीको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोपमा आगामी तीन महिनाभित्र कोरोना संक्रमणका कारण ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन्।

हान्स क्लुगेले गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताए। उनले भने, ‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय हो।’

उनले कोरोना संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा शारीििरक दूरीमा ध्यान दिन अपिलसमेत गरेका छन्।

Facebook Comments Box