आइसिसि टि २० विश्वकपमा वेस्ट इन्डिजसँग बंगलादेस पराजित
काठमाडौँ, १२ कात्तिक – आइसिसि टि २० विश्वकप क्रिकेट अन्तरगत आजको पहिलो खेलमा वेस्ट इन्डिजले बंगलादेसलाई ३ रनले हराएको छ ।
शारजाहाको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्ट इन्डिले निर्धारित २० आभरमा ७ खेलाडी गुमाएर १४२ रन बनाएको हो । वेस्ट इन्डिकालागी निकोलस पुरनले ४०, रोस्टन चेजले ३९ र करण पोलाडले १४ रनको योग्दान दिनुभयो ।
बंगलादेसका लागी मेहदि हसन, मुस्तफिजुर रहमान, स्रफुल इस्लामले २-२ विकेट लिनुभयो । १४३ रनको लक्ष्य लिएर मैदानमा उत्रेका बंगलादेसले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्रै १३९ रन बनाइ खेल ३ रन बाट हार्नपुग्यो ।
बंगलादेसका लागी लिटोन दासले ४४, महमदुल्लाले ३१ ,सोम्य सरकार र मोहमद णमीले १७—१७ रन बनाए पनि बंगलादेसलाई हार बाट जोगाउन सकेन्न । त्यसतै गरी वेस्ट इन्डिका लागी रवी रामपाल, जेसन होल्डर, एन्र्डे रसल, अकेन हुसेन, डुएन ब्राबोले १-१ विकेट लिनुभयो ।

