काठमाडौँ उपत्यकामा २२८ जना सहित देशभर थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १२ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२८ जना सहित देशभर थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १४५ आरटी पीसीआर तथा २ हजार ६०१ एन्टीजेन परिक्षण सहित ९ हजार ७४६ जनाको परिक्षण गर्दा ५४९ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन् ।योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ रहेको छ ।

