प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने

काठमाडौँ, ११ कात्तिक – प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्माले कात्तिक २३ देखि कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न अधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

Facebook Comments Box