काठमाडौँ उपत्यकामा २०९ जना सहित देशभर थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०९ जना सहित देशभर थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ, ७ कात्तिकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६१ आरटी पीसीआर तथा १ हजार ५६४ एन्टीजेन परिक्षण सहित ७ हजार ६२५ जनाको परिक्षण गर्दा थप ५५७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३ हजार ७१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८७७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३४८ रहेको छ

Facebook Comments Box