आज देशभर आंशिकदेखि बदली रहि एक वा दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, ७ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्यसम्म बदली छ भने बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। सबै प्रदेशका थोरै-थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बागमती र प्रदेश नं १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

Facebook Comments Box