काठमाडौँ उपत्यकामा २१३ जना सहित देशभर थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१३ जना सहित देशभर थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५०, भक्तपुरमा २४ र ललितपुरमा ३९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ९७२ आरटी पीसीआर तथा १ हजार ९५९ एन्टीजेन परिक्षण सहित ६ हजार ९३१ जनाको परिक्षण गर्दा ५१३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २ हजार ५१४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ८१७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३४५ रहेको छ ।

Facebook Comments Box