काठमाडौँ उपत्यकामा ४०४ जना सहित देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ७ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४०४ जना सहित देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ६२९ आरटी पीसीआर तथा ३ हजार ६१४ एन्टीजेन परिक्षण सहित १५ हजार २४३ जनाको परिक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७८ हजार ६७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६५ हजार ९५४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७२ रहेको छ

