काठमाडौँ उपत्यकामा २४१ जना सहित देशभर थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४१ जना सहित देशभर थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ३०४ आरटी पीसीआर तथा २ हजार ७०९ एन्टीजेन परिक्षण सहित १० हजार १३ जनाको परिक्षण गर्दा ७३४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७३ हजार ५३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४१३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४० रहेको छ

Facebook Comments Box