काठमाडौँ उपत्यकामा ४३० जना सहित देशभर थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि मृत्यु हुनेको कुल संख्या ११ हजार नाघ्यो

काठमाडौँ, ३१ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३० जना सहित देशभर थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार २०८ आरटी पीसीआर तथा ३ हजार ९७१ एन्टीजेन परिक्षण सहित १५ हजार १७९ जनाको परिक्षण गर्दा १ हजार ५११ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७० हजार १७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ६८९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २ रहेको छ ।

Facebook Comments Box