काठमाडौँ उपत्यकामा ४९५ जना सहित देशभर थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४९५ जना सहित देशभर थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ५२४ आरटी पीसीआर तथा ४ हजार ३२० एन्टीजेन परिक्षण सहित १६ हजार ८४० जनाको परिक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६८ हजार ६६५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ७४२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २२० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९९१ रहेको छ ।

Facebook Comments Box