काठमाडौँ उपत्यकामा ४२६ जना सहित देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , २८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२६ जना सहित देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ५३२ आरटी पीसीआर तथा ४ हजार ७ एन्टीजेन परिक्षण सहित १६ हजार ५३९ जनाको परिक्षण गर्दा १ हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६५ हजार ३४३ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २६० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९६५ रहेको छ

Facebook Comments Box