आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडीआई सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ, ९ भदौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडीआई सिरिजको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अमेरिका र ओमानसँग खेल्नुअघि भदौ २० र २३ गते पपुवा न्युगिनीसँग खेल्नेछ।

नेपालले ओडीआई सिरिजको पहिलाे खेल भने भदौ २८ र असाेज १ गते अमेरिकासँग तथा दाेस्राे खेल भदाै २९ र असोज ३ गते ओमानसँग खेल्ने तालिका छ। त्रिकोणात्मक सिरिजअघि तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने भएकाे हाे।

नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग–२ मा डेब्यू गरेको थियो। नेपालसहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म ३६ ओडीआई खेल्नेछन्।

नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग–२ मा डेब्यु गरेको थियो। नेपालसहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म ३६ ओडीआई खेल खेल्नेछन्। शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकपका लागि सोझै छानिनेछन्। पुछारका चार टोलीले प्लेअफ खेल्नेछन्।

खेल तालिका
भदौ २० : नेपालविरुद्ध पीएनजी पहिलो ओडीआई, दिउँसो ११ः१५ बजे
भदौ २३ : नेपालविरुद्ध पीएनजी पहिलो ओडीआई, दिउँसो ४:१५ बजे
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५
असाेज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

नेपालको टोली
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल

Facebook Comments Box