आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने कहि स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना
काठमाडौं, ३१ साउन – आज प्रदेश १,२, बागमती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

