कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्। २९ असोजमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार स्नेहीले ४ हजार ८ सय २१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १ सय २१ मत प्राप्त गरे। त्यस्तै, अर्का उम्मेदवार नरेन्द्र पासवानले ७ सय ९६ मत पाएका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा स्नेही निर्वाचित भएका हुन्।
Facebook Comments Box

